पहिराले खानेपानी अवरुद्ध
बागलुङ / ठाउँठाउँमा गएको पहिराले पाइपमा क्षति पु¥याएपछि बागलुङ बजारमा खानेपानी अवरुद्ध भएको छ । रेश, भुँदी र रिठ्ठेखोला मुहानबाट ल्याइएको खानेपानीको पाइपमा क्षति पुगेको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले जनाएको छ ।
लगातारको वर्षासँगै भुँदीखोला मुहान नजिक जिरेदीमा १३ वटा पाइप पहिराले बगाएको संस्थाका प्रबन्धक हिमाल शर्माले बताउनुभयो । सुल्डाँडास्थित ट्याङ्कीछेउ पनि पहिरा खस्दा पाँच पाइपमा क्षति पुगेको छ । बोक्सेलगायत अन्य कैँयन ठाउँमा खानेपानीका पाइपमा क्षति पुगेको जनाइएको छ ।
“आयोजनामा ठूलो क्षति र अवरोध पुगेको छ, खानेपानीको सहज आपूर्ति हुन हप्ता दिन जति लाग्छ”, प्रबन्धक शर्माले भन्नुभयो । क्षति पुगेका ठाउँमा संस्थाका प्राविधिक र कर्मचारी मर्मतका लागि खटिइसकेको उनको भनाइ छ । पहिराको जोखिमका कारण बागलुङ नगरपालिका–३ मा निर्माणाधीन ‘लिफ्टिङ’ आयोजना पनि प्रभावित बनेको छ ।
शनिबारदेखि जारी वर्षाका कारण जिल्लाभर बाढीपहिराका घटना बढेका छन् । पहिराको जोखिमले दर्जनौँ परिवार विस्थापनमा परेका छन् । कतै धनमाल त कतै पशुचौपाया पहिरामा पुरिएका छन् । विस्थापित छिमेकीकहाँ आश्रय लिइरहेका छन् ।
ठूलादेखि ग्रामीण भेगसम्मका सडक मार्गलाई पहिराले क्षतविक्षत तुल्याएको छ । कालिगण्डकी करिडोरअन्तर्गत मालढुङ्गामा रहेको पक्की पुलमा बाढीले क्षति पु¥याएको छ । त्यसका कारण जिल्लाको दक्षिण भेगसँग सडक सम्पर्क टुटेको छ । खोलानाला बढेकाले पैदल आउजाउ गर्न पनि सहज छैन ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस