खेवाङका प्रत्येक घरमा खानेपानीको धारा पुग्ने
ताप्लेजुङ / ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङका प्रत्येक घरमा ५ वर्ष भित्रै खानेपानीको धारा पु¥याइने भएको छ । यहाँका विभिन्न सात मुहान प्रयोग गरेर प्रत्येक घरमा खानेपानीको धारा पु¥याउने लक्ष्यसाथ फेदीखोला खानेपानी आयोजनाको काम थालिएको छ ।
डेढ महिना अघिबाट उक्त आयोजनाको निर्माण शुरु भएको हो । करिब १२ करोडमा आयोजना सम्पन्न हुने उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिए । उनका अनुसार हाल सम्ममा तीन मुहानका लागि ट्याङ्की निर्माण सकिन लागेका छन् भने अन्य मुहान व्यवस्थापनको कार्य तत्काल अघि बढाइने छ ।
“बीचमा कुनै अवरोध नभए आगामी तीन वर्षमा काम सक्ने छौँ, यस आयोजनाबाट यहाँका प्रत्येक घर परिवार लाभान्वित हुनेछन्”, अध्यक्ष अधिकारीले भने । सङघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामबाट उक्त आयोजना सञ्चालन भएको अधिकारीले बताए ।
खेवाङमा करिब साढे ४ सय घर परिवार छन् । पछिल्लो समय विभिन्न मुहानहरु सुक्दै गएकाले कतिपय क्षेत्रमा खानेपानीको समस्या सिर्जना हुँदै गएको स्थानीयले बताए । यस अघिका विभिन्न योजनाबाट खानेपानीको व्यवस्थापन भए पनि प्रयोग गरिएका मुहानहरु सुक्दै गएकाले समस्या हुन थालेको हो । आयोजनाको काम शुरु भएसँगै स्थानीयबासी हर्षित भएकाछन् । आयोजना सम्पन्न भए धारा, कुवाबाट पानी बोक्नु पर्ने जस्ता बाध्यता हट्ने स्थानीयको विश्वास छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस