किसानलाई कृषि सामग्री वितरण
महोत्तरी / महोत्तरीको मटिहानी नगरपालिकाले किसानलाई अत्यावश्यक कृषि सामग्री वितरण गरेको छ ।
जिल्लाकै उत्कृष्ट तरकारी पकेटक्षेत्रका रुपमा मानिएको मटिहानी–६ का किसानलाई आज नगरप्रमुख हरिप्रसाद मण्डलले कृषि सामग्री वितरण गर्नु भएको हो । खेतीको मुख्य बेला जिल्लामा कोभिड–१९ सङ्क्रमण छल्न जारी निषेधाज्ञाबीच कृषि सामग्री लिन बजार जान नसकेका किसानलाई यो कार्यक्रमले राहत दिएको छ ।
नगरपालिकाले नेपाल सरकारको साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पैकेट) विकास कार्यक्रमअन्तर्गत गटोर, स्पेयर्स, हजारी जैविक मल, जैविक किटनाषक औषधि (विषादी), कृषि चुन, बीउविजनसहितका कृषि सामग्री किसानलाई प्रदान गरेको हो । बस्तीका व्यवसायिक रुपमै तरकारी खेती अपनाएका ३० जना किसानलाई पहिलो चरणमा सामग्री प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।
किसानलाई खेती कार्यमा सहज र उत्प्रेरित गराउन यो कार्यक्रम प्रभावकारी हुने नगरपालिकाको कृषि शाखा प्रमुख टङ्कप्रसाद उपाध्यायले बताउनुभयो । यो कार्यक्रमले निरन्तरता पाउने शाखाले जनाएको छ । महाव्याधिले जकड्याएर कृषि सामग्री ल्याउन कतै निस्कन नसकेका बेला प्राप्त सामग्रीले खेतीपातीको काम अघि बढाउन राहत मिलेको किसानले बताएका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस