• जीवनशैली | Jiwanshaili
  • मनाङमा बाढीपहिरोमा फसेका ३५ जनाको हेलिकप्टरद्वारा उद्धार


    मनाङ । मनाङमा बाढीपहिरोमा फसेका ३५ जनालाई हेलिकप्टरद्वारा उद्धार गरिएको छ ।

    मौसममा आएको खराबीका कारण गत ३ दिनदेखि त्यस क्षेत्रमा हेलिकप्टर जान सकेको थिएन । मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार नेपाली सेनाको हेलिकप्टरमार्फत सिरानतालका २४ जना र थोंचेको गुम्बामा ११ जनाको उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ ।

    विघटित प्रतिनिधिसभा सदस्य पाल्तेन छोपाङ गुरुङको पहलमा सो उद्धार सम्भव भएको हो ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार