झिमरुक नदीबाट भत्कियो निर्माणाधीन पुल
प्युठान / प्युठानको ऐरावती गाउँपालिका –ं १ र अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नं ७ जोड्न झिमरुक नदीको पक्की पुल बाढीले भत्काएको छ । रु सात करोड १३ लाखका लागतमा माझीदमारमा पुल निर्माणाधीन थियो । सडक डिभिजन कार्यालय इन्जिनियर अरुण केसीका अनुसार अमर कन्ट्रक्सन प्राली काठमाडौँले निर्माणको जिम्मा पाएको थियो । विसं २०७३ पुसमा सम्झौता भइ गत असार २८ गते निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । सत्तरी मिटर लम्बाइ रहेको पुलको ३५ मिटर स्लाब यसअघि नै सम्पन्न भएको थियो । बाँकी ३५ मिटर लम्बाइको स्लाब ढलान चार दिनअघि सम्पन्न भएको जनाइएको छ ।
“लठ्ठा प्रविधिको पुल भएकाले ढलान सम्पन्न भएको १४ दिनमा लठ्ठा राखेर तन्काउने चलन हुन्छ, उनले भने”, “लठ्ठा राख्न तयार भइनसकेको अवस्थामा थियो ।” बाढीले फर्मा बगाउँदा पुल भत्किएको उहाँको भनाइ थियो।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस