वर्षात्बाट भत्किए ६ घर
दैलेख / तीन दिनदेखिको निरन्तर वर्षात्ले दुल्लु नगरपालिका –९ का ६ घर भत्किएका छन् । वडाध्यक्ष रणबहादुर बोहोराका अनुसार प्यादुरा गाउँका तीन र धामीगाउँका तीन घर भत्किएका हुन् ।
उनले विस्थापित परिवारलाई नजिकका आफन्तको घरमा राखिएको जानकारी दिए। लगातारको वर्षातका कारण जिल्लाभर अहिलेसम्म मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यलयका प्रमुख अनुपम श्रेष्ठले भने “कर्णाली राजमार्गको ठाउँ–ठाउँमा पहिरो गइरहेको छ । अन्य सहायक सडकमा पनि यातायातका साधन सञ्चालन हुन कठीन छ । ” दैलेख सुर्खेत सडक खण्ड, निर्माणाधीन मध्यपहाडी राजमार्ग लगायतका स्थानीय तहको केन्द्र जोड्ने मुख्य सडक र सहायक सडकमा यातायातका साधन सञ्चालन हुन सकेका छैनन् ।
जिल्ला प्रशासन कार्यालयले जिल्लाभरका सर्वसाधरणलाई सतर्क रहन आग्रह गरेको छ । जल तथा मौषम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस वर्षको मनसुन लामो अवधिसम्म रहने देखिन्छ । जिल्लास्थित कर्णाली नदी, लोहोरे, छामघाट, रामाघाट, कट्टी, पादुका खोला लगायतका नदी र खोलामा पानीको बहाब बढ्न गइ तटीय क्षेत्रमा बाढी आउन सक्ने र भिरालो ठाउँमा पहिरो जानसक्ने जोखिम रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रशासनले तटिय क्षेत्र र भिरालो ठाउँमा बस्ने स्थानीयबासीलाई सम्भाबित विपद्को जोखिम न्यूनिकरणका लागि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस