वन्यजन्तुलाई पानी खुवाउन सोलार बोरिङ
चितवन / चितवन राष्ट्रिय निकुञ्जको सुख्खा क्षेत्रमा वन्यजन्तुलाई पानी खुवाउन चार वटा सोलार बोरिङ खनिएको छ । निकुञ्जको सुखिभारमा दुईवटा, डुमरियामा एउटा र अर्ना फाँटमा एउटा सोलार बोरीङ् खनिएको हो ।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार एउटा पोखरी सहितको सोलार बोरीङका लागि रु ७ लाख हाराहारी खर्च भएको छ । सुखिभार क्षेत्रमा एक सय ७४ गैंडा रहेका छन् । डुमरिया र अर्ना फाँटमा ६३ वटा गैंडा रहेका छन् । अधिकारीले भन्नुभयो, “यो ठाउँमा रहेका गैंडा लगायतका वन्यजन्तुलाई सुख्खा मौसममा समेत पानीको व्यवस्था गरिएको छ ।” निकुञ्ज भित्र विद्युत आपूर्ति नहुने भएकाले सोलार सहितको बोरीङ राखिएको हो ।
बोरीङले २४सै घण्टा पानी फाल्ने छ । पोखरी २० फिट चौडाइ र ४० फिट लम्बाइका छन् । यस वर्ष निकुञ्जमा ३५ वटा पुराना पोखरी सरसफाइ र मर्मत सम्भार गरिएको छ । यस्तै १६ वटा नयाँ पोखरी खनिएको उहाँले जानकारी दिनुभयो । पुराना पोखरीका लागि रु ३५ लाख नयाँका लागि रु ३२ लाख खर्च गरिएको उनले बताए ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले गैंडाको सङ्ख्या बढेसँगै सुख्खा क्षेत्रहरुमा पानीको व्यवस्थापनमा जोड दिइएको जानकारी दिए । उनका अनुसार पछिल्ला वर्षहरुमा निकुञ्जले घाँसेमैदान र पानीको व्यवस्थापनमा विशेष जोड दिएको छ । ठाउँठाउँमा पानीको व्यवस्थापन भएसँगै गैंडा सहितका दुर्लभ वन्यजन्तु पानीका लागि टाढा जानु पर्दैन । निकुञ्ज हुँदै वग्ने खोलाहरु, चुरेबाट झरेका खोल्साहरुसँगै निकुञ्ज भित्रका ताल तलैयामा वन्यजन्तु पानीका लागि आश्रीत हुन्छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस