वरपीपल रोप्ने अभियान
सङ्खुवासभा / पछिल्लो समय मासिदैँ गएका वर पीपल संरक्षण गर्ने ध्येयले सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ सङ्खुवासभाको आयोजनामा तीन सय जोडी भन्दा बढी वरपीपल रोपिएको छ । सङ्खुवासभाका १० वटै स्थानीय तहमा वरपीपल रोपिएको छ ।
विभिन्न मठ–मन्दिर, दोवाटो, चौतारो भएका ठाउँमा वैदिक विधिपूर्वक रोपिएका वरपीपलहरु मासिन थालेपछि यो रोप्ने अभियान चलाएको महासंघ सङ्खुवासभाका अध्यक्ष लक्ष्मी चापागाइले जानकारी दिए । स्थानीय तहका तीन सय सामुदायिक वनमा वरपीपल रोपिएको अध्यक्ष चापागाइले बताए । पहिले धार्मिक आस्थाका रुपमा रोप्ने वरपीपल अक्सिजनका लागि मात्र नभएर भूक्षय रोकथाममा पनि सहयोगी हुनेछ ।
पहिले विवाह नगरेको वरपीपल पूजा गर्नु हुँदैन भन्थे । रुखको त कुरै छाडौं हाँगाविगा पनि काट्ने चलन थिएन । अचेल रुखनै काट्छन्, मान्छेले धर्म छाड्दै गएका बेला वरपीपल रोप्ने अभियान निकै राम्रो भएका खाँदबारी नगरपालिका ८ का जीवनाथ खनालले बताउनुभयो । वरपीपलले पर्यावरणीय सन्तुलन कायम राख्छ, अत्यधिक अक्सिजन उत्पादन गर्छ र त्यो मानव स्वास्थ्यका लागि अत्यधिक लाभदायी हुने स्थानीय खनालको भनाइ छ । वरपीपलसँगै समी, गुराँस, चाँप, धुँपीसल्लासहित ६ सय भन्दा बढी वृक्षरोपण गरिएको सो अभियानले जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस