झुलाघाट नाकाबाट पाँच हजार नेपाली फिर्ता
बैतडी / कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि भारतसँग सीमा जोडिएको झुलाघाट नाकाबाट साढे चार हजार नेपाली नागरिक स्वदेश फर्किएका छन् । गत वैशाखदेखि हालसम्म चार हजार ६२६ जना स्वदेश फर्किएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । प्रहरीका अनुसार बैतडीका दुई हजार २४०, बझाङका एक हजार ६६१, डडेल्धुराका १०१, दार्चुलाका २७, डोटीका २५, अछामका पाँच तथा बाजुराका १२१ नेपाली झुलाघाट नाका भएर स्वदेश फर्किएका हुन् ।
यस्तै कैलालीका ५३, कञ्चनपुरका ३०, हुम्लाका ६४, मुगुका ६० र जुम्लाका ४० जना पनि झुलाघाट नाका भएर फर्किएको बताइएको छ । नेपाल भित्रिनेमा अधिकांश भारतमा कोरोना सङ्क्रमण नियन्त्रणका लागि लकडाउन भएपछि रोजगारी गुमाएर फर्किएका नागरिक छन् । भारतबाट फर्किरहेका नागरिकको सीमामै हेल्थ डेस्क स्थापना गरी एन्टिजेन विधिबाट कोरोना परीक्षण भइरहेको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि बैतडीमा असार १५ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस