१ लाख ५० हजार बिरुवा निःशुल्क वितरण गर्ने
डिभिजन वन कार्यालय बैतडीले यस वर्ष १ लाख ५० हजार बिरुवा निःशुल्क वितरण गर्दैछ । जिल्लाका विभिन्न पाँच स्थानमा नर्सरी स्थापना गरी उत्पादन गरिएका जडीबुटी, फलफूलका बिरुवा वितरण गर्न लागिएको हो ।
जडीबुटी, फलफूलका गरी १० प्रजातिका बिरुवा उत्पादन गरिएको डिभिजन वन कार्यालय बैतडीका प्रमुख केशव पराजुलीले जानकारी दिनुभयो । डिभिजन वन कार्यालय र सव डिभिजन कार्यालयहरु गरी पाँच स्थानका नर्सरीमा बिरुवा उत्पादन गरिएका हन् । डिभिजन वन कार्यालय, सवडिभिजन कार्यालयहरु पाटन, गाँजरी, हाट र गोकुलेश्वर नर्सरी स्थापना गरेर बिरुवा उत्पादन गरिएका हुन् । उत्पादन गरिएका बिरुवामा दाँते ओखर २० हजार, तेजपत्ता,लप्सी, बाँस,अमला,रिठ्ठालगायतका रहेका जनाइएको छ ।
गोकुलेश्वरमा रहेको सव डिभिजन कार्यालयबाट किसानलाई निःशुल्क वितरण भइरहेको र अन्य ठाउँका नर्सरीबाट केही दिनबाट वितरण हुने पराजुलीले बताए।
किसानको आयआर्जनमा वृद्धिका साथै पर्यावरणीय फाइदाका लागि वन कार्यालयले हरेक वर्ष निःशुल्क रुपमा बिरुवा उत्पादन गरेर वितरण गर्ने गरेको पराजुलीको भनाइ छ । गत वर्ष पनि डिभिजन वन कार्यालयले ७० हजार विरुवा उत्पादन गरेर वितरण गरेको थियो ।
यसैबीच सुख्खा फलफूल विकास केन्द्र सतबाँज बैतडीले ५६ हजारको हाराहारीमा हिउँदे फलफुलका बिरुवा बिक्री वितरण गरेको छ । ५७ हजार बिरुवा उत्पादन गरेकोमा ५६ हजार बिक्री वितरण गरिएको सुख्खा फलफूल विकास केन्द्रका प्रमुख डम्बर भाटले जानकारी दिनुभयो । यसै बीच ५६ हजारको हाराहारीमा हिउँदे फलफूलका बिरुवा बेचेर २७ लाख राजश्व सङ्कलन गरिएको छ । गत आर्थिक वर्षमा भने केन्द्रले २३ लाख १७ हजार मात्र राजश्व उठाएको थियो । केन्द्रले अहिले १८ हेक्टर क्षेत्रफलमा बिरुवाहरु उत्पादन गर्दै आएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस