चाँगुनारायण र मध्यपुरले गर्यो मेलम्ची र हेलम्बुलाई सहयोग
चाँगुनारायण र मध्यपुरथिमि नगरपालिकाले बाढी र डुवानबाट प्रभावितको उद्धार तथा राहतका लागि सिन्धुपाल्चोकका मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई आर्थिक सहयोग प्रदान गरेका छन् ।
चाँगुनारायण नगरपालिकाको शुक्रबार बसेको कार्यपालिका बैठकले मेलम्ची नगरपालिकालाई रु। १० लाख र हेलम्बु गाउँपालिकालाई रु। पाँच लाख दिने निर्णय गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए । नगरप्रमुख मिश्र र उपप्रमुख बिना बास्तोलाको टोली आजै मेचम्ची गएका छन् ।
त्यसैगरी मध्यपुरथिमि नगरपालिकाले पनि मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई २२ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । नगरपालिकाको शुक्रबार बसेको कार्यपालिका बैठकले विपद्मा परेको दुई पालिकाका नागरिकको उद्घार र राहत वितरणमा टेवा पुरयाउन रकम दिने निर्णय गरेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।
नगरपालिकाले मेलम्चीलाई ११ लाख ११ हजार १११ र हेलम्बुलाई ११ लाख ११ हजार १११ गरि २२ लाख २२ हजार २२ रुपैयाँ सहयोग गर्ने निर्णय अनुसार रकम बैँक मार्फत पठाउने उनले जानकारी दिए।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस