खाल्डोमा डुबेर बालकको मृत्यु
चाँगुनारायण नगरपालिका–९ ताथलीमा रहेको बिएम इँटाभट्टाको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ । स्थानीयवासी राजु मछेका छोरा १० वर्षीय रोजनको शव पोखरीमा आज भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।
शुक्रबार करीब ११ः०० बजेदेखि बालक हराएको भन्दै वरिपरि छिमेकी, साथीभाइसँग बुझ्दासमेत कतै फेला नपरेपछि आज थप खोजतलास गर्दा पोखरीमा बच्चा डुबेको भेटिएको प्रहरीले जानकारी दिएको छ । इँटाभट्टाले जथाभावी खाल्डा खनेर पोखरी बनाएर बारसमेत नहाली राख्दा हरेक वर्ष भक्तपुरका इँटाभट्टामा यसैगरी बच्चा डुब्ने गरेका छन् । शवपरीक्षणका लागि केएमसी अस्पताल दुवाकोट पठाइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस