निर्माणाधीन मोटरेबल पुल बाढीको उच्च जोखिममा
बाजुरा / एक साताको लगातार वर्षाका कारण बूढीगङ्गा नदीमा पानीको बहाव बढेपछि बडिमालिका नगरपालिका–६ जडाङ्गा र वडा नं ४ ओलेनामा निर्माणाधीन मोटरेबल पुल बाढीको उच्च जोखिममा रहेको छ । एक स्पामसम्मको भाग सम्पन्न भइसकेको पुललाई थामेका टेका, स्याल्याब नदीको बहावले बगाउने सम्भावना देखिएको छ । प्रिस्ट्रेसिङ प्रविधिबाट निर्माणाधीन पुलको केही महिनाअघिमात्र काम शुरु गरिएको थियो ।
साँफे–मार्तडी सडक खण्डमा पर्ने सो मोटरेपुल २०७३ साल असार ३० गतेदेखि २०७५ असार ३० गते पुल निर्माणका लागि रु नौ करोड ८३ लाख ८२ हजार ५७९ कूल लागत अनुमान रकममध्ये रु पाँच करोड पाँच लाख १६ हजार ९०० मा काष्ठमाडाँै मसिना जेबीले सम्झौता गरेको थियो ।
अविरल वर्षाका कारण नदीमा पानीको वाहक बढ्दै गएकाले पुल निर्माणको काम रोकिएको काष्ठमाडाैँ जेबी प्रालिका साइड इन्चार्ज रमेश चपाइले बताए । “अहिले झण्डै ७० प्रतिशत काम भइसकेको र ३० प्रतिशत काम गर्नमात्र बाँकी रहेको छ, पानी रोकिएपछि तथा बाढीपहिराबाट जोगिएपछि २०७८ साल असोजमै काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ”, उनले भने ।
पुलको एक भाग ढलान हालिएको ५० मिटर पुलको स्ल्याब तथा पिल्लर भाँचिने सम्भावना देखिएको छ । सङ्घीय सरकारबाट विनियोजित रकममा निर्माण सम्झौता भएको डबल स्पानको ५० मिटर लम्बाइको पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । असोज महिनासम्म गाडी सञ्चालन गर्ने लक्ष्यसहित निर्माण भइरहेको पुल लगातार पर्दै गएको वर्षाका कारण काम रोकिएको सडक डिभिजन साँफेबगरका इन्जिनीयर दमनकुमार विष्टले बताए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस