सडक निर्माणमा भएको लापरबाहीले बस्ती जोखिममा
बेनी–जोमसोम सडकखण्डअन्र्तगत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ पिप्ले गलेश्वर बजार कटान र पहिरोको जोखिममा परेको छ । गलेश्वर–पिप्ले जोड्ने सडकमा चलेको पहिरो रोकथाम र संरक्षणको काम नहुँदा बस्ती जोखिममा परेको हो । वर्षा आउँदा रातमा बस्न नै नसक्ने अवस्था सिर्जना भएको स्थानीयबासी मिम थकालीले जानकारी दिए।
उनका अनुसार, पिप्ले गलेश्वरमा २२ परिवारको वसोवास रहेको छ । ‘‘बस्ती माथिको पाखो लस्किएको छ, गत वर्षदेखि नै सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको हो, एक वर्षमा गलेश्वर–पिप्ले खण्डको सडकमा सिर्जित पहिरो नियन्त्रण, भलबाढी व्यवस्थापन र बस्ती संरक्षणमा केही काम हुन नसक्ुन अत्यन्तै दुखदायीपूर्ण हो’’, थकालीले भने ।
पिप्ले गलेश्वरका स्थानीयवासी बर्षा आउँदा वारिपट्टी रहेको बेनी नगरपालिका–९ गलेश्वरमा आश्रय लिनुपर्ने बाध्यता आएको छ । यसै बस्ती समेटिएको बेनी–जोमसोम सडक माथिबाट पहिरो खस्ने, सडक हिलाम्मे हुने समस्याले सवारी आगमन समेत प्रभावित हुँदै आएको छ । पटकपटक बस्तीमा बाढीसहितको हिलोको सास्ती स्थानीयबासीले व्यहोर्दै आएका छन् ।
यसैबीच गलेश्वरस्थित राहुघाट नदीमा निर्माणाधीन पक्की पुलको संरक्षणको लागि नदी किनारमा बनाइएको ग्याबिन जालीबाट नदीले कटान शुरु गरेको छ । स्तरीय तरिकाले ग्याबिन जालीसहितको संरक्षणको काम नगरेकाले कटान शुरु भएको र यसले बस्तीतर्फ थप नदी कटानको जोखिम बढाएको स्थानीयबासीको भनाइ छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस