स्वास्थ्य सामग्री प्रदान
लायन्स क्लब अफ पोकली वाटरफल र लायन्स क्लब अफ काठमाडौँ हाइटले ओखलढुङ्गास्थित लिखु गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्नका लागि लायन्स क्लबले उक्त स्वास्थ्य सामग्रीहरु गाउँपालिकालाई प्रदान गरेको हो ।
लायन्स क्लब अफ काठमाडौँ हाइटका पे्रसिडेन्ट लायन अनमिका अर्याल तथा लायन्स क्लब अफ पोकली वाटरफलकी प्रेसिडेन्ट लायन वर्षा राउतले लिखु गाउँपालिकामा आइसोलेशन सञ्चालन गर्नका लागि दुई थान अक्सिजन कन्सन्ट्रेटर मेशिन, पाँच थान श्यया तथा श्ययालाई आवश्यक पर्ने सम्पूर्ण स्वास्थ्य सामग्रीहरु लिखु ओखलढुङ्गा कोभिड–१९ नियन्त्रण सहयोग समितिका संयोजक सुरेन्द्र बोगटीलाई प्रदान गरे।
यसैबीच लायन्स क्लब अफ बर्दियाका प्रेसिडेन्ट लायन विनय रावलले १० हजार सर्जिकल मास्क हस्तान्तरण गर्नुभएको छ । लिखु ओखलढुङ्गा कोभिड नियन्त्रण सहयोग समितिका संयोजक बोगटीलाई उक्त मास्क हस्तान्तरण गरिएको हो । समितिका संयोजक बोगटीले स्वास्थ्य सामग्रीले कोरोना नियन्त्रण गर्न सकिने बताए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस