महाकाली नदीमा बाढी आएपछि कञ्चनपुरका केही बस्ती डुबानमा
कञ्चनपुर । लगातारको वर्षासँगै महाकाली नदीमा बाढी आएपछि कञ्चनपुरका केही बस्ती डुबानमा परेका छन्।
महाकालीमा आएको बाढीका कारण नदी बस्ती तिर आएपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाको केही बस्ती डुबानमा परेका हुन्। बाढीले भीमदत्त नगरपालिका १२ स्थित ऐरी घाटको बस्ती डुबानमा परेको हो। ऐरी बस्तीको १० घर डुबानमा परेको र उद्दारको काम भइरहेको भीमदत्त नगरपालिका १३ का वडाअधयक्ष लालबहादुर शाहीले जानकारी दिए। महाकाली नदीमा पानीको बहाव बढेपछि महाकालीमा निर्माणधीन ४ लेन पुलको ड्याम समेत भत्काएको अध्यक्ष शाहीले जानकारी दिए।
उनका अनुसार ड्याम भत्काएपछि आवातजावात समेत बन्द भएको छ। अहिले पनि नदीमा पानीको बहाव बढ्दो क्रममा रहेको स्थानीयले बताएका छन्। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले सम्भावित क्षतिलाई मध्यनजर गरी उद्दार टोली तयारी अवस्थामा राखिएको बताए। शनिबार बिहानसम्म महाकाली नदीमा पानीको स्तर १ लाख ६६ हजार क्वीसेक मापन गरिएको थियो।
सामान्यतया महाकाली नदीमा ४० हजार क्वीसेक हुनुपर्नेमा धेरै बढेको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शुक्रबार नै नदी तटीय क्षेत्रमा सतर्कता अप्नाउन अपील जारी गरेको थियो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस