मेलम्ची बाढी अपडेट: १५ जनाको मृत्यु, २३ जना अझै बेपत्ता
सिन्धुपाल्चोक । मेलम्ची नदीमा आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा १५ जनाको मृत्यु भएको छ भने २३ जना अझै बेपत्ता रहेका छन् ।
शनिबार साँझ गाउँपालिका कार्यालयले क्षतिको विवरण सार्वजनिक गर्दै बाढीमा परेर १५ जनाको मृत्यु भएको जनाएको हो। गाउँपालिका कार्यालयका अनुसार, बाढीमा परेर चार जना महिला र ११ जना पुरुषको मृत्यु भएको छ। त्यस्तै, बाढीले बगाउँदा २३ जना बेपत्ता भएका छन्। जसमा दुई वर्षीय बालकदेखि ९० वर्षीय वृद्धसम्म छन्। दुई वर्षीय बालक ३५ वर्षीया आमासँगै बेपत्ता भएका हुन्। आमा र बच्चाको नाम नखुलेको गाउँपालिकाले जनाएको छ।
बेपत्ता हुनेमा मेलम्ची खानेपानी आयोजनामा कार्यरत आठ जना मजदूर पनि छन्। उनीहरूमध्ये तीन जना भारतीय, तीन जना चिनियाँ र दुई जना नेपाली नागरिक रहेका छन्। उनीहरू हेलम्बु–१ अम्बाथानस्थित साइट क्याम्प बगाउँदा बेपत्ता भएका हुन्। हेलम्बु–१ सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ चौरमा पहिरो जाँदा मेलम्चीमा बाढी आएको गाउँपालिकाले जनाएको छ। जसले गर्दा मेलम्चीमा अझै पनि पानीसँगै लेदो आइरहेको छ।
१ असारमा आएको बाढीले हेलम्बुसँगै मेलम्ची नगरपालिकामा पनि क्षति पुर्याएको छ। मेलम्ची बजार क्षेत्र पुरिएको छ। सतर्कता अपनाउँदा मेलम्चीमा भने मानवीय क्षति हुनबाट जोगिएको छ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस