पहिरोले थुनिएको तामाकोशी नदीको प्रवाह सीमित सुचारु, गम्भीर जोखिम टर्यो
काठमाडौँ / सीमा क्षेत्रमा रहेको चीनको तिङ्ग्री काउन्टी नजिकै पहिरो जाँदा थुनिएको रोङसी नदीको प्रवाह बिस्तारै सुचारु गरिएकाले तत्काल गम्भीर जोखिम नरहेको जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय दोलखाले शनिबार राति सूचना जारी गरेर चीन तर्फबाट प्राप्त जानकारी अनुसार पहिरो आंशिक रुपमा हटाई नदीको प्रवाह सीमित मात्रामा सुचारु गरिएको बताएको छ ।
सूचनामा भनिएको छ, ‘शनिबार अपरान्हदेखि चिनियाँ पक्षबाट सो पहिरो आंशिक रुपमा हटाई नदीको प्रवाहलाई सुचारु गर्ने कार्य सुरुवात भएको छ । पछिल्लो सूचना अनुसार हाल सो जलायसबाट पहिरोलाई सीमित रुपमा कटान गरि पानीलाई बगाउन सुरु गरिएको र हाल उक्त जलासयमा अनुमानित एक लाख घनमिटर पानी जम्मा भएको हुन सन्ने भनी तिङ्ग्री काउन्टीका सुरक्षा अधिकारीबाट जानकारी प्राप्त हुन आएको छ ।’
सूचनामा अघि भनिएको छ, ‘उक्त जलासयमा जम्मा हुन पुगेको पानीको प्रवाहलाई क्रमिक रुपमा छोडी खाली गराउने कार्य भइरहेको भन्ने सूचना आएको हुँदा तत्काललाई गम्भीर किसिमको जोखिमको अनुमान नगरिएता पनि उक्त जलासयको पानी पूर्णरुपमा खाली नभएसम्म सीमावर्ती क्षेत्र तथा तामाकोशी नदीको तटीय क्षेत्रमा जोखिम कायमै रहने हुँदा नआत्तिइ सावधानीपूर्वक सजकता अपनाउनु सम्पूर्ण सीमावर्ती गाउँ र तामाकोशी नदीको तटीय क्षेत्रका बासिन्दामा अनुरोध छ ।’
शुक्रबार राति आएको हावाहुरीसहितको भारी वर्षाका कारण तामाकोशी नदीको सहायक नदी रोङसी थुनिँदा बाँध फुटेर कुनै पनि बेला नेपालको दोलखासहितका जिल्लामा तल्लो तटीय क्षेत्रमा बाढी आउन सक्ने जोखिम बढेको थियो ।

क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस