• जीवनशैली | Jiwanshaili
  • आँधीखोलामा बगेका थापा मृतावस्थामा भेटिए


    स्याङ्जा / आँधीखोला तर्ने क्रममा खोलामा बगेका एक पुरुष मृतावस्थामा भेटिएका छन् । पुतलीबजार नगरपालिका–४ राङ्कोषका ५१ वर्षीय टेकबहादुर थापा शनिबार मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

    आँधीखोला तरेर पारी जाने क्रममा खोलाले थापालाई बगाएको भन्ने खबर प्राप्त गर्नासाथ घटनास्थलतर्फ गएको प्रहरीको टोलीले थापालाई मृतावस्थामा भेटेको र थापाको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल स्याङ्जा लगिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

     


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार