मेलम्ची नपा–१ का जनप्रतिनिधिद्वारा राहतकोषमा रकम जम्मा
काठमाडौं – सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ का जनप्रतिनिधिले एक महिनाको पारिश्रमिक नगरपालिकाको बाढीपीडित राहत तथा पुनःस्थापना कोषमा जम्मा गर्ने निर्णय गरेका छन् । शनिबार बसेको वडा समितिको बैठकले यस्तो निर्णय गरेको वडाध्यक्ष कृष्णप्रसाद चौलागाईंले जानकारी दिनुभयो ।
कोषमा वडाध्यक्ष चौलागाईंले रु २६ हजार ७३० जम्मा गर्नुहुनेछ । कार्यपालिका सदस्य सावित्री कार्कीले रु १२ हजार ८७० तथा वडा सदस्यसरू भीमसेन खतिवडा, खम्बासिं तामाङ र शान्ति नेपालीले प्रतिव्यक्ति रु नौ हजार ९०० कोषमा जम्मा गर्नुहुनेछ । यही असार १ गते राति मेलम्ची र इन्द्रावती नदीमा आएको अकल्पनीय भीषण बाढीले मेलम्चीको वडा नं ६, ७, ८, ९, १० र ११ मा ठूलो धनजनको क्षति पु¥याएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस