• जीवनशैली | Jiwanshaili
  • मनसुन सुरु भएसँगै धान रोप्न र बीउ काढ्न व्यस्त किसान (फोटो)


    शुक्लाफाँटा नगरपालिका –२, रानीपुरका महिला पालैपालो गरी एक अर्काको खेतमा धान रोप्दै । यहाँका महिलाहरु पर्मबाटै खेतमा रोपाइँ सम्पन्न गर्छन् । यो बर्ष समयमा नै मनसुनको सुरुवात भएको कारणले असार पहिलो सातामा नै खेतिपाति लगाउन व्यस्थ छन् किसान ।

    रोपाइँका लागि शुक्लाफाँटा नगरपालिका –२, रानीपुरका किसान ब्याडमा धानको बीउ उखेल्ने क्रममा मोबाइल फोनबाट आफन्तसँग कुरा गर्दै । सञ्चारको साधन मोबाइलले जनजीवनलाई सहज बनाइ दिएको छ ।
    शुक्लाफाँटा नगरपालिका –२, रानीपुरका महिला पालैपालो गरी एक अर्काको खेतमा धान रोप्दै । यहाँका महिलाहरु पर्मबाटै खेतमा रोपाइँ सम्पन्न गर्छन् ।
    शुक्लाफाँटा नगरपालिका–२, रानीपुरका किसान धान रोप्नका लागि खेत गोरूको सहायताले हिल्याउँदै ।
    शुक्लाफाँटा नगरपालिका–२, रानीपुरका किसान उखेलिएको धानको बीउ खेत रोप्न लैजाँदै । यो वर्ष समयमै मनसुन भएकाले धान रोप्न किसानलाई यति वेला चटारो भएको छ ।

    (फोटो रासस)


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार