महाकाली नदीमा पानीको बहाव ८ वर्ष यताकै उच्च, विभिन्न बस्तीहरु डुबानमा
कञ्चनपुर । महाकाली नदीमा पानीको बहाव ८ वर्ष यताकै उच्च विन्दुमा पुगेको छ ।
पानीको बहाव बढेसँगै आएको बाढीले कञ्चनपुरमा निर्माणाधीन अवस्थामा रहेको मोटेरेवल पुलको बाँध बगाएको छ । भीमदत्त नगरपालिका–१२ ओदालीस्थित महाकाली नदीमा निर्माण भइरहेको पक्की पुलको करीब ९० मिटर अस्थायी बाँध बाढीले बगाएको हो । त्यसैगरी दोधरा–चाँदनी र भीमदत्त नगरपालिकाका बस्तीहरुसमेत डुवानमा परेका छन् ।
महाकाली नदीमा पानीको बहावसँगै जोगबुढा खोला थुनिँदा दोधरा–चाँदनी नगरपालिकास्थित कुतियाकबर र शान्ति टोलका घरहरु डुवानमा परेका हुन् । बाढीका कारण भीमदत्त नगरपालिका १२ ऐरीमा झण्डै १२ घरहरु डुवानमा परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीले महाकाली नदीमा पानीको बहाव घट्ने बढ्ने क्रम जारी रहेकाले बस्तीहरु डुवानमा पर्ने खतरा बढेको जनाएको छ ।
जिल्ला आपत्कालिन कार्य सञ्चालन केन्द्रले आज बिहान महाकाली नदीको पानीको बहाव २ लाख १३ हजार क्यूसेक रहेको जनाएको छ । अहिले पानीको बहाव बढेर २ लाख ४७ हजार क्यूसेक पुगेको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस