वर्षाले भत्कायो कारागार पर्खाल
कालिकोट / लगातारको वर्षाका कारणले जिल्ला कारागार कालीकोटको पर्खाल भत्किएको छ । पुरानो जीर्णाद्धार भवनसहितको चिरा परेको पर्खा वर्षाले भत्काएको हो ।
कारागारको पर्खाल भत्किदा कैदीबन्दी जाखिममा परेका छन् । जेलर नरबहादुर सार्कीले १५ मिटर जति पर्खाल भत्कि सकेको जानकारी दिए । “कारागारको एउटातर्फको पर्खाल भत्किएको छ र अर्कोतर्फ पर्खाल भत्किन लागेको छ”, उनले भने “पर्खाल भत्किदा कारागार सुरक्षामा खटिएका प्रहरीले पाल टाँगेर सुरक्षा दिएका छन् । कैदीबन्दी पनि जोखिममा परेका छन् ।”
पच्चीस जनाको क्षमता भएको ‘घ’ श्रेणीको कारागारमा हाल कारागारमा ७४ कैदीबन्दी रहेको छन् । २०३२ सालमा बनेको कारगार भवनको अति जीर्ण अवस्था भएका कारण ०७३ साल चैत १३ मा एकजना कैदी भागेका थिए ।
कालीकोटका खाडाँचक्र र तिलागुफा नगरपालिका, शुभकालिका, नरहरिनाथ , पचालझरना र पलाता गाउँपालिकामा २७ घरटहरा भत्किदा १३७ जना विस्थापित भएका छन् ।
जिल्लाका केही स्थानीय तहबाट पहिराको क्षतिबारे विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भुपेन्द्र शाहीले बताउनुभयो । उनले नरहरिनाथ–९ लालुको शीतलपानीको दलित बस्ती पनि पहिराका जोखिममा परेको जानकारी दिए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस