बनका अधिकृत ४० हजार घूससहित पक्राउ
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले निलकण्ठ सब-डिभिजन वन कार्यालय, धादिङका सहायक वन अधिकृत तथा कार्यालय प्रमुख कृष्णप्रसाद पौडेललाई घुससहित पक्राउ गरेको हो।
अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार उनले सेवाग्राहीसँग ४० हजार घुस रकम लिएका थिए।
वाग्राहीले फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठको सम्बन्धमा अनुसन्धान गर्ने भन्दै कागजात तयार गरी वन कार्यालयमा लगेपछि मुद्दा मिलाउने हो भन्दै पौडेलले ४० हजार रूपैयाँ घुस माग गरेका थिए।
सो उजुरीपछि अख्तियारको काठमाडौंस्थित टंगालबाट खटिएको टोलीले घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो
उनीमाथि अख्तियारले थप अनुसन्धान गरिरहेको छ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस