‘गत वर्ष लगभग विद्यार्थीको पढाइ पूरा भएको थियो । त्यसैले मूल्यांकन समय असार मसान्त तोकिएको थियो । तर यो वर्ष त्यस्तो अवस्था रहेन । त्यसैले साउनसम्म पनि गर्न सक्नेछन्,’ उनले भने । कार्यविधिमा विद्यालयले वार्षिक परीक्षा सञ्चालन गर्नुपूर्व उक्त परीक्षाको मिति र समयका बारेमा बोर्डका सम्बन्धित कार्यालयलाई जानकारी गराउनुपर्ने उल्लेख छ ।
गत वर्ष राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को विद्यार्थीको मूल्यांकन गर्ने अधिकार विद्यालयलाई दिएको थियो । कार्यविधिमा कक्षा ११ मा नियमिततर्फ कम्तीमा ७० प्रतिशत हाजिरी भएका विद्यार्थीले मात्र परीक्षा दिन पाउने, विद्यार्थीले कक्षा ११ मा अध्ययनका लागि विषयहरु बोर्डमा रजिष्ट्रेसन गराउनुपर्ने र परीक्षाका लागि प्रश्नपत्र तथा उत्तरपुस्तिका पनि विद्यालय आफैंले तयार गर्नुपर्ने व्यवस्था कार्यविधिमा गरिएको छ ।
कक्षा ११ को मूल्यांकन अक्षरांकन पद्धतिबाट नै हुने र कक्षा ११ मा जुन विषय अध्ययन गरेको हो सोही विषयमा कक्षा १२ मा अध्ययन गर्न दिइने व्यवस्था कार्यविधिमा गरिएको छ ।




प्रतिक्रिया दिनुहोस