जारी निषेधाज्ञाका क्रममा बलात्कारका ७३ घटना
काठमाडौं । गत वैशाख १६ देखि जारी निषेधाज्ञाका क्रममा बलात्कारका ७३ घटना प्रकाशमा आएका छन् ।
महिला पुनर्स्थापना केन्द्र ओरेकले गत वैशाख १६ देखि जेठ मसान्तसम्मको अवधिमा ती घटना प्रकाशमा आएको जनाएको हो । ओरेकका अनुसार यो अवधिमा ३७१ महिला तथा बालबालिकामाथि विभिन्न प्रकारका हिंसा भएका छन् । तीमध्ये बलात्कारका ७३ घटना रहेको ओरेकले जनाएको छ । बलात्कारका ७३ घटनामा पनि तीनवटा सामूहिक बलात्कार र एक वैवाहिक बलात्कारको घटना रहेको जनाइएको छ ।
ओरेकले आइतबार जारी गरेको तथ्यांकअनुसार बलात्कारबाट पीडित ७३ जनामध्ये २६ जना अर्थात् ३६ प्रतिशत छिमेकीबाट, १४ जना परिवारका सदस्यबाट, १४ जना प्रेमी ठानिएका व्यक्तिबाट एक जना शिक्षकबाट र १८ जना अन्जान व्यक्तिबाट बलात्कृत भएका हुन् । ७३ पीडितमध्ये ३४ जना १६ वर्षभन्दा कम उमेरका, २६ जना १७ देखि २५ वर्ष उमेर समूहका, ९ जना २६ देखि ३५ वर्ष उमेर समूहका, २ जना ३६ देखि ४५ वर्ष उमेर समूहका र ५ जना उमेर समूह थाहा नभएका बालिका बलात्कृत भएको ओरेकले जनाएको छ ।
यो अवधिमा विभिन्न हिंसाको सिकार भएका ३७१ महिला तथा बालबालिकामध्ये ५० प्रतिशत अर्थात् १८६ जना महिला आफ्नै श्रीमान र परिवारका सदस्यबाट पीडित भएको ओरेकको तथ्यांकमा उल्लेख छ । यस्तै, सामाजिक हिंसाबाट ११ प्रतिशत, बलात्कारबाट १९ प्रतिशत, बलात्कारको प्रयासबाट एक प्रतिशत, यौन दुर्व्यवहारबाट ३ प्रतिशत, मानव बेचबिखनबाट २ प्रतिशत, हत्याबाट ५ प्रतिशत, हत्या प्रयासबाट २ प्रतिशत, आत्महत्याबाट १ प्रतिशत र अन्य घटनाबाट ५ प्रतिशत पीडित भएका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस