सल्लेरीका विस्थापित परिवारलाई हेलिकप्टरबाट राहत
गोरखा / उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–३ सल्लेरीका विस्थापित परिवारका लागि आज अत्यावश्यक राहात सामग्री पु¥याइएको छ ।
लगातारको वर्षाका कारण बुढीगण्डकी नदीमा आएको भिषण बाढीले घर बगाएर विस्थापित भएका सल्लेरीका बाढी पीडितलाई सिम्रिक एयरको हेलिकप्टरबाट राहत सामग्री पु¥याइएको प्रमुख जिल्ला अधिकारी शालिकग्राम शर्मा पौडेलले जानकारी दिए ।
गण्डकी प्रदेश सरकारले विस्थापितका लागि उपलब्ध गराएको ३० थान टेन्ट, उद्योग वाणिज्य सङ्घ र लायन्स क्लब अफ गोरखामार्फत प्राप्त भएको एक हजार ४४० किलो चामल, ६० लिटर खानेतेल, नुन, दाललगायत सामग्री त्यहाँ पठाइएकोे प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो । सेफ्टी किट र औषधिलगायत अत्यावश्यक सामग्री पनि सल्लेरी पु¥याइएको उनले बताए ।
त्यस्तै विस्थापितका लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले ९० थान कम्बल उपलब्ध गराएर हेलिकप्टरमार्फत नै सल्लेरी पठाइएको शाखाका सभापति भगवानबावु मास्केले जानकारी दिनुभयो । छब्बीस घरधुरी रहेको सल्लेरीमा बुढीगण्डकी नदीमा आएको बाढीले पाँच घर बगाएको छ भने गाउँ नै जोखिममा परेको छ । प्रभावित क्षेत्रमा राहत सामग्री ढुवानीका लागि माउण्टेन चाइल्ड जावलाखेलले हेलीकप्टर चार्टर गरिदिएको हो । संस्थाले पाँच पटक गरेर राहत सामग्री सल्लेरी पु¥याएको संस्थाका समन्वय अधिकृत सर्मिला मानन्धरले जानकारी दिए ।
उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा एक स्थानीय संस्थासँग समन्वव्य गरेर शिक्षा र स्वास्थ्यलगायत क्षेत्रमा काम गर्दै आएको उक्त संस्थाले विस्थािपतका लागि सेफ्टी किटमा सर्जिकल मास्क, स्यानिटाइजर, साबुन, टुथपेष्ट, ब्रस, रुमाल, टिस्यूपेपर, बिस्कुट तथा स्यानिटरी प्याड जस्ता सामग्री पठाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस