बस्ती जोगाउन पक्कीनाला निर्माण
बाँके / कोहलपुर नगरपालिकाले बाढी र कटानको उच्च जोखिममा रहेका एकतानगर बस्ती जोगाउनका लागि पक्कीनाला निर्माण गर्ने भएको छ ।
डुडुवाखोलामा आएको बाढीका कारण खेतीयोग्य जमिन कटान भई बस्ती नै डुवानमा पर्ने जोखिम बढेपछि त्यसको दीर्घकालीन समाधानका लागि तत्काल पक्कीनाला निर्माण गर्ने निर्णय गरिएको नगरप्रमुख लुटबहादुर रावतले जानकारी दिए । उनका अनुसार, एकतानगर बस्ती बाढी र कटानको उच्च जोखिममा रहेकाले त्यसको समाधानका लागि तत्काल रु।५६ लाख बजेट विनियोजन गरिएको छ । बाढी र कटानका कारण त्यहाँका ६० घर विस्थापित हुने अवस्था आएकाले त्यसको समाधानका लागि पक्कीनाला निर्माणको काम शुरु गरिएको छ ।
डुडुवाखोलाको कटान तथा डुवानबाट वस्ती जोगाउन पक्कीनाला निर्माणका लागि रु.५६ लाखको लागत स्टिमेट तयार गरिएको नगरपालिकाका इञ्जिनीयर बालकृष्ण महतराले जानकारी दिए । उनका अनुसार स्टिमेटमा २.५ मिटर चौडाई, १.५ मिटर उचाई, ९० साइजका ६ वटा होमपाइप र रिटेनिङ्गवाल समेत रहेको छ । तत्कालका लागि बस्ती जोगाउन एक सय मिटर पक्कीनाला बनाउने र अर्को आर्थिक वर्षमा पनि एक सय मिटर पक्कीनाला बनाउने लक्ष्यका साथ काम भइरहेको उनको भनाइ छ ।
अबको १५ दिन भित्र नै सक्नेगरी काम गर्ने तयारी भएको छ । काम सम्पन्न गर्न स्थानीयवासी रोशन रावतको अध्यक्षतामा उपभोक्ता समितिसमेत गठन भएको छ । कोहलपुर नगरपालिका—११ का वडाध्यक्ष कर्ण थापाले पक्कीनाला निर्माण भएपछि एकतानगरको कटान तथा डुवानको समस्या समाधान हुने बताए । वडाको बजेटबाट नभ्याउने भएकाले नगरपालिकाबाटै यो योजना ल्याइएको उनको भनाइ छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस