वन लसुन टिप्न गएका एक बेपत्ता, चारको उद्धार
गोरखा / वन लसुन टिप्न गएका उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित सिर्दीबासका एक व्यक्ति बेपत्ता भएका छन् । वन लसुन टिप्न गएका २४ वर्षीय सुरेन्द्र गुरुङ भीरबाट लडेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
गत जेठ २६ गते गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ र लमजुङको सिमानामा पर्ने बौद्व हिमालमा वन लसुन टिप्न गएका गुरुङ हिजोदेखि बेपत्ता भएको प्रहरीको भनाइ छ । दिउँसो करीब ३ बजेतिर वन लसुन टिप्दै गर्दा गुरुङ एक्कासी भीरबाट खसेको जानकारी आएपछि प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।
उनिसँगै बेपत्ता भएका अन्य चार जनाको भने उद्धार गरिएको प्रहरीले जनाएको छ । सल्लेरीका बाढी पीडितलाई राहत पु¥याउन गएको सिम्रिक एयरको हेलिकप्टरमार्फत चारै जनाको आज उद्धार गरिएको प्रनाउ दाहालले बताए। उद्धार गरिएका सबैलाई परिवारको जिम्मा लगाइएको छ ।
उद्धार गरिएकामा धार्चे गाउँपालिका–४ लाप्राकका ३० वर्षका सुवास गुरुङ, चुमनुब्री गाउँपालिका–३ सिर्दीबासका ५० वर्षका धनप्रसाद गुरुङ, ४२ वर्षका तुलबहादुर गुरुङ र १८ वर्षका कान्छा गुरुङ रहेका छन् । मौसममा सुधार आउना साथ प्रहरीले बेपत्ता गुरुङको खोजी तीव्र पार्ने जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस