मनसुनपछिको विपद्मा २० को मृत्युः ८०६ को उद्धार
काठमाडौंँ / मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी पछिल्लो एक सातामा २० जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार उक्त अवधिमा २१ बेपत्ता र २० जना घाइते भएका छन् । अन्य ८०६ जनाको उद्धार भएको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए ।
बाढीपहिरो र डुबानमा परी सिन्धुपाल्चोकमा २० र बाजुरामा एक घाइते भएका छन् । पहिरो तथा बाढीका कारण बन्द विभिन्न स्थानका सडक प्रहरीले चालु गराएको छ । वर्षाका कारण जुम्ला, कास्की, बैतडीलगायत स्थानमा आज पहिरो गई अवरोध भएको सडक हटाउने कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
बाढीका कारण २१० घर डुबानमा परेका छन् । सात सय ४८ घरका तीन हजार २५८ जना विस्थापित भएका छन् । विपद्मा ६३० पशु चौपाया मरेका छन् । उक्त घटनाबाट प्रभावित स्थानमा भएको क्षति न्यूनीकरण र उद्धारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारी, सेना तथा सशस्त्र प्रहरी सक्रिय छन् । जोखिममा रहेका विभिन्न जिल्लाका व्यक्तिलाई सुरक्षित स्थानमा राख्ने, पहिरामा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने तथा अवरोध सडक हटाउने कामसमेत जारी रहेको जनाइएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस