दुई महिनादेखि स्थगन गरिएका जिप्रकाका सेवा सञ्चालन
कञ्चनपुर / जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका दुई महिनादेखि स्थगन गरिएका कार्यालयका कामकाज आजदेखि सञ्चालन भएका छन् । गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञापछि कार्यालयबाट प्रवाह हुने सेवाहरु स्थगन भएका थिए ।
बारअनुसार स्थानीय तहका सेवाग्राहीलाई कार्यालयबाट सेवा प्रवाह गर्ने व्यवस्था गरिएको छ । स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्ने गरी मङ्गलबारदेखि सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइएको कार्यालयका प्रशासकीय अधिकृत पदमराज भट्टले बताए । उनका अनुसार नागरिकतासम्बन्धी सेवाका लागि आइतबार र सोमबार भीमदत्त, वेदकोट र पुनर्वास नगरपालिकाका सेवाग्राहीलाई प्रदान गरिने छ ।
यसैगरी मङ्गलबार र बुधबार कृष्णापुर, शुक्लाफाँटा र बेलौरी नगरपालिकाका र बिहीबार र शुक्रबार दोधरा चाँदनी नगरपालिका, बेलडाँडी र लालझाडी गाउँपालिकाका सेवाग्राहीका लागि निर्धारण गरिएको छ । नयाँ नागरिकता बनाउने सेवाग्रही ३० र प्रतिलिपि लिने सेवाग्राही २० गरी निर्धारित बारमा जम्मा ५० जनालाई सेवा दिइने छ ।
नागरिकतासम्बन्धी सेवा लिनका लागि बिहान १० देखि १०ः३० बजेभित्र टोकन लिनुपर्ने छ । “राहदानीका लागि प्रतिदिन १० जनालाई मात्रै नयाँ सिफारिस दिइने छ”, अधिकृत भट्टले भने, “राहदानी वितरणको कार्य र कार्यालयबाट प्रदान गरिने अन्य सेवा साविकबमोजिम दिइनेछ ।” कोरोनाको जोखिम अझै रहेकाले भीडभाड हुन नदिनका लागि कार्यालयको सेवालाई प्रभावाकरी बनाई प्रवाह गरिने व्यवस्था गरिएको उनको भनाइ छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस