करेन्ट लागेर दुईको मृत्यु
सिरहामा बेग्ला बेग्लै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा लहान नगरपालिका—९ गोठटोलका ५० वर्षीय जोगिन्द्र साह र भगवानपुर गाउँपालिका—५ लालपुरका ४५ वर्षीय देवनारायण यादव रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सोमबार साँझ १२ हजार भोल्टको तारमा करेन्ट लागेर गम्भीर घाइते भएका साहलाई उपचारका लागि सप्तऋषि अस्पताल लहान लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । त्यस्तै आफ्नो घरको मिटरको तार जोड्ने क्रममा विधुतीय सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएका यादवलाई उपचारका लागि लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस