• जीवनशैली | Jiwanshaili
  • काठमाडौंको बालाजुमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु


    काठमाडौं / काठमाडौंको बालाजुमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ।

    ठक्कर दिँदा मोटरसाइकलमा सवार २५ वर्षीया महिलाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक (डिएसपी) निर्मल बुढाथोकीले जानकारी दिए।

    गोर्खा भिमसेन थापा गउँपालिका-८ की २५ वर्षीया लक्ष्मी परियारको मृत्यु भएको हो। दुर्घटनापछि गम्भीर घाइते भएकी उनलाई ट्रमा सेन्टर लगिएको थियो। तर अस्पताल पुर्‍याउन बित्तिकै उनलाई चिकित्सकले मृत घोषणा गरेको डिएसपी बुढाथोकीले बताए।

    मृतकका भिनाजु सीताराम परियार घाइते छन्। उनको उपचार भइरहेको छ।

    प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार