बाख्राको मासुलाई खसीको भनेर बेच्ने दुई जना व्यापारी पक्राउ
काठमाडौं – रौतहटमा खसीको मासु भन्दै बाख्राको मासु बेच्ने दुई जना व्यापारी पक्राउ परेका छन् ।
गौर नगरपालिका १ का सोहि नगरपालिका बजारमा बाख्राको मासुलाई खसीको मासु भन्दै बेचेको आरोपमा गौर नगरपालिका वडा नम्बर ३ का २४ वर्षीय लाल महमम्द र सोही ठाउँका ३० वर्षीय महमम्द नसिवलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार उनीहरुले बाख्राको शरीरमा खसीको अण्डकोष केमिकलले टासेर उपभोक्तालाई खसीकै मासु हो भन्दै बेचिरहेका थिए । उनीहरुलाई सादा पोसाक प्रहरी टोलीले ३०र३५ किलो बाख्राको मासुसहित रंगेहात पक्राउ गरेको हो ।
उनीहरुलाई थप कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय रौतहटमा पठाइने रौतहट प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक भरत श्रेष्ठले जानकारी दिनुभयो ।
जिल्लामा उपभोक्तालाई झुक्याएर मासु बेच्ने क्रमम बढेकाले यसको नियन्त्रणको लागि स्थानिय प्रशासन र नगरपालिकाहरुले कडा अनुगमन गर्नुपर्ने र दोषीलाई कडा कानूनी दण्ड दिनुपर्ने उपभोक्ता हित संरक्षण मंचका जिल्ला अध्यक्ष टिका घिमिरेको बताएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस