निषेधाज्ञामा पीडित उद्योगी व्यवसायीका लागि राहतको माग गर्दै प्रदर्शन
बाँके । कोरोना रोकथाम तथा नियन्त्रणका लागि भइरहेको निषेधाज्ञामा पीडित उद्योगी व्यवसायीका लागि राहतको माग गर्दै नेपालगञ्जमा मङ्गलवार प्रदर्शन गरिएको छ ।
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको आयोजनामा मङ्गलवार साङ्केतिक दबाबमूलक कार्यक्रमको आयोजना गरी प्रदर्शन गरिएको हो । निषेधाज्ञा चलिरहेको अवस्थामा सरकारले कर दाखिला गर्न दिएको असार २५ को म्याद अव्यावहारिक भएकाले म्याद बढाउन माग गर्दै प्रदर्शन गरिएको सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए ।
यसैगरी व्यवसायीहरूलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउनुपर्ने, मौद्रिक नीतिमार्फत बैंक ब्याज छुट, कोरोना सङ्क्रमण घटेसँगै निषेधाज्ञा हटाउनुपर्ने, सिमानाका व्यवस्थित गर्नुपर्ने लगायतका माग राखी सङ्घको भवन अगाडि प्ले–कार्डसहित साङ्केतिक दबाबमूलक कार्यक्रम गरिएको महासचिव चिरञ्जीवी वलीले बताए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस