सडक र पुल मर्मतमा स्थानीय सरकार असमर्थ
मनाङ / मनाङ जिल्लाको स्थानीय सरकारहरुले सडक र पुल मर्मत गर्न नसक्ने बताएका छन् । यही असार १ गते आएको बाढीपहिरोका कारण जिल्लाका सबै सडक र पुलमा क्षति पुगेको छ ।
तत्काल जनजीवन सहज बनाउने कोशिसमा रहेपनि सडक र पुल मर्मतका लागि यहाँका स्थानीय सरकार असमर्थ भएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए । असार १ गते परेको अबिरल वर्षाका कारण स्थानीय दुई खोलामा आएको बाढीपहिरोले बगाएको सडक र पुल मर्मत गर्ने क्षमता गाउँपालिकासँग नभएकाले केन्द्र र प्रदेश सरकारबाट पहल गरिदिन उनले आग्रह गरे । बाढीपहिरोले यहाँ सडक र पुल बगाएपछि खाद्य सङ्कट उत्पन्न हुन लागेको उनको भनाइ छ ।
बाढीपहिरोका कारण मनाङमा पहिलोपटक यति धेरै भौतिक संरचनामा क्षति पु¥याएको हो । चामेमा बाढीपहिरोले ३० किलोमिटर सडकमा क्षति पु¥याएको छ भने आठ झोलुङ्गे र दुई पक्की पुल तथा पाँच लघु जलविद्युत् आयोजना बगाएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनुभयो । बाढीपहिरोबाट यहाँका २०० घरका एक हजार नागरिक विस्थापित भएका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस