निउरो टिप्न जाँदा ……….
भरतपुर / जनकौली मध्यवर्ती सामुदायिक वन क्षेत्रमा निउरो टिप्न गएका समयमा बाघको आक्रमणबाट सोमबार एक महिलाको ज्यान गएको छ । मृत्युहुनेमा रत्ननगर नगरपालिका –५ मगरटोलका ३२ वर्षीया गीता अधिकारी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आफ्नो घर नजिकै रहेको सो वन क्षेत्रमा निउरो टिप्न गएको बेला बाघले आक्रमण गर्दा अधिकारीको मृत्यु भएको हो । मृतक अधिकारीको शव समयमा जङ्गलबाट निकाल्न माग गर्दै स्थानीयले प्रदर्शन समेत गरेका थिए । साथै स्थानीयले निकुञ्जको सौराह सेक्टर कार्यालयमा तोडफोड र आगजनी गर्दा केही समय सो क्षेत्र तनाबग्रस्त बनेको थियो ।
आज अपराह्न चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्राकृतिक संरक्षण कोषका कर्मचारीले बाघलाई ‘डट’ गरेर नियन्त्रणमा लिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो । यस आर्थिक वर्षमा मात्र जिल्लामा चार जनाको बाघको आक्रमणबाट अकालमा मृत्यु भइसकेको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस