• जीवनशैली | Jiwanshaili
  • ह्युम पाइपमा अड्किएर दुई बालकको मृत्यु


    दार्चुला । दार्चुलामा ह्युम पाइपमा अड्किएर दुई बालकको मृत्यु भएको छ।

    मृत्यु हुनेमा महाकाली नगरपालिका–४ का १७ वर्षीय प्रकाश खत्री र १२ वर्षीय रमित कुँवर रहेको प्रहरीले जनाएको छ । उनीहरुको महाकाली नगरपालिका–४ बङ्गाबगडस्थित लास्कु खोलामा रहेको पाइपमा अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक मनोहर भट्टले बताए।

    बुधबार दिउँसो पौडी खेल्ने क्रममा दार्चुला तिङ्कर सडक जोड्ने निर्माणाधिन मोटरेवल पुलको पाइपमा अड्किएर उनीहरुको मृत्यु भएको प्रहरी नायव उपरीक्षक भट्टले बताए।

     


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार