भारी वर्षाका कारण मुगुमा ८ वटा घर भत्किए
मुगु । भारी वर्षाका कारण मुगुमा ८ वटा घर भत्किएका छन् ।
११ घर उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । छायाँनाथ रारा नगरपालिकामा ४ वटा, सोरु र मुगुम कार्मारोङ गाउँपालिकामा २र२ वटा घर भारी वर्षाका कारण भत्किएका जिल्ल प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक कमल शाहले जानकारी दिए । कार्मारोङमा ७ र सोरु गाउँपालिकामा ४ वटा घर उच्च जोखिममा रहेको उनले बताए ।
भत्किएको घरको कुल क्षति विवरण ३० लाख ७ हजार रहेको उनको भनाइ छ । वर्षाका कारण मुगुम कार्मारोङ गाउँपालिका–९ का ८४ जनाको पाखो जग्गामा लगाएको कोदो कागुनो बाली बाढीले सखाप पारेको जिल्ला प्रहरी कार्यालयले उल्लेख गरेको छ ।
यसैबीच कार्मारोङ रिउस खोलाको काठे पुल बाढीले बगाएको छ । बाढीले पुल बगाउँदा स्थानीयलाई आउजाउ गर्न समस्या भएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस