• जीवनशैली | Jiwanshaili
  • मुक्का प्रहारबाट मृत्यु


    रोल्पा / मुक्का प्रहारबाट एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा नगरपालिका –९ ह्वामाका १८ वर्षीय अबिलाश घर्तीमगर छन् ।

    यही असार १ गते २४ वर्षीय धनिमान पुनमगर र अबिलाशका बीचमा बच्चाका अन्नप्राशनमा मादक पदार्थ सेवन गर्दा विवाद भएको र सोही क्रममा धनिमानले अबिलाशलाई पेटको संवेदनशील भागमा मुक्का प्रहार गरेका बताइएको छ । गम्भीर घाइते अबिलाशको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनले मुक्का प्रहार गर्ने धनिमानलाई पक्राउ गरिएको जानकारी दिए ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार