खाद्यान्न संकट भएका गाउँमा चामल
धादिङ / खाद्यान्न संकट भोगिरहेको दक्षिणी भेगमा पर्ने बेनीघाट रोराङ वडा नम्बर २ का लाइपुर, बाँसखोला, काफलटार, खर्च, पाञ्चलिङ, भल्टार, थरीगाउँलगायत स्थानमा आज खाद्यान्न सहयोग उपलब्ध गराइएको छ ।
विपन्न ६५ घरपरिवारलाई प्रतिघर एक बोरा चामल दाल, तेल, नुन, चिनी, साबुन सहयोग उपलब्ध गराइएको हो । खानेकुरा सकिएर टाँकीको मुण्टा र गिट्ठा खाएर जीवनसङ्ग संघर्ष गरिरहेका अवस्थामा खाद्यान्न वितरण गर्न सहयोगी महिला जागरण मञ्चको टोली गाउँमै पुगेर सहयोग उपलब्ध गराएको छ । बीस सहयोगीबाट संकलित रकमले खाद्यान्न लिएर गाउँ पुगेको जागरण मञ्चका अध्यक्ष राधा श्रेष्ठले बताए।
जागरण मञ्चको टोलीसँगै लायन्स क्लब अफ काठमाडौँले पनि खाद्यान्नसहित लत्ताकपडा सहयोग पु¥याएको छ । विभिन्न दाताबाट प्राप्त लत्ताकपडा विपन्न परिवारका सदस्यलाई उपलब्ध गराइएको क्लबका अध्यक्ष रोशन श्रेष्ठले बताउनुभयो । खाद्यान्न पाएपछि चेपाङ, तामाङ र मगर समुदायका विपन्न परिवार खुशी भएका छन् । प्रायः खानेकुराको अभाव हुने सो क्षेत्रमा अनिकाल परेका अवस्थामा मानिस भोकभोकै बसिरहेको समाचार जेठ २२ गते राससमा प्रकाशन भएको थियो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस