सर्लाहीमा दुई गाउँलेबीच कुटाकुट हुँदा २० जनाभन्दा बढी घाइते
सर्लाही । सर्लाहीमा दुई गाउँबीच कुटाकुट हुँदा २० जनाभन्दा बढी घाइते भएका छन्।
बरहथवा नगरपालिका वडा नम्बर १७ पररिया टोल र वडा नम्बर १८ श्रीपुरका स्थानीयबीच बालबालिकाको झगडाको विषयलाई लिएर झडप भएको इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी उद्धवसिंह भाटले जानकारी दिए। बालबालिकाले जामुनको विषयलाई लिएर झगडा गर्दा उनीहरूका अभिभावक आएर झगडा बल्झाएका डिएसपी भाटले बताए ।
आज दिउँसो भएको झडपमा दुवैतर्फका धेरै स्थानीयको टाउको फुटेको र जिउभरि चोटपटक लागेको घटनास्थलबाट डिएसपी भाटले बताए। झडपमा लाठी, मुङ्ग्रा, बाँसका भाटाहरू प्रयोग भएका प्रहरीले जनाएको छ। दुवैतर्फका गरी हजारौंका संख्यामा झडपस्थलमा रहेका भाटले जानकारी दिए।
यद्यपि अहिले झडप नियन्त्रणमा आएको र घाइतेलाई उपचारको प्रबन्ध भइरहेको जनाइएको छ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस