हाइड्रोपावर इन्जीनियरिङ अध्ययनका लागि छात्रवृत्ति
ताप्लेजुङ / जिल्लाको मेरिङदेन गाउँपालिकाले हाइड्रोपावर इन्जीनियरिङ अध्ययनका लागि छात्रवृत्ति दिने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि गाउँपालिका क्षेत्रभित्रका एक छात्र र एक छात्रालाई उक्त अध्ययनका लागि छात्रवृत्ति दिने भएको हो ।
बुधबार सार्वजानिक भएको आर्थिक वर्ष २०७८र०७९ को नीति तथा कार्यक्रममा फुङलिङ नगरपालिकास्थित बाल सुबोधिनी संस्कृत माध्यामिक विद्यालयमा दुई जना विद्यार्थीलाई उक्त छात्रवृत्ति प्रदान गरिने उल्लेख छ ।
यसैबीच १६ वर्षमुनिका असहाय बालबालिकालाई विद्यालयको पहुँचमा पु¥याई विद्यालय भर्ना दर सत प्रतिशत पु¥याउनका लागि विशेष शैक्षिक प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने भएको छ । सोअन्तर्गत प्रतिव्यक्ति मासिक रु ५०० का दरले उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ ।
यस्तै अनौपचारिक शिक्षामार्फत गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरिनेसमेत नीति तथा कार्यक्रममा उल्लेख छ । स्थानीय भाषा, लिपि तथा संस्कृतिको संरक्षणका लागि स्थानीय मातृ भाषाको पठनपाठनलाई निरन्तरता दिने र स्थानीय भाषा स्वयंसेवक शिक्षकले पाउँदै आएको पारिश्रमिकमा रु तीन हजार थप गरिने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि रु ४१ करोड १६ लाख ४९ हजारको बजेट ल्याएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस