पहिरोले महाकाली राजमार्ग अवरुद्ध
बैतडी । महाकाली राजमार्गको सतबाँझ–गोकुलेश्वर खण्डको सुर्नया गाउँपालिका–३ धरमघरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।
राजमार्ग शुक्रबार बिहान ९ बजेदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। पहिरो शुक्रबार बिहान खसेको हो। त्यही ठाउँमा केही दिनअघि पनि पहिरो खसेको थियो। राजमार्ग अवरुद्ध हुँदा २० वटाभन्दा बढी सवारी साधन रोकिएका छन्।
सवारी साधन रोकिँदा यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन्। राजमार्गमा खसेको पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको केही घण्टाभित्रै सडक पुनः सञ्चालनमा आउने प्रहरी निरीक्षक खड्काले बताए।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस