वैशाख यता भएका विपद्का घटनामा परी ८४ जनाको मृत्यु,२५ जना वेपत्ता
काठमाडौं । वैशाख यता विपद्का घटनाका कारण ८४ जनाको मृत्यु भएको छ।
बाढी, पहिरो चट्याङ, आगलागी लगायतका विपद्का घटनाका कारण यस वर्षको असार ११ गतेसम्म ८४ जनाको मृत्यु भएको र २५ जना वेपत्ता भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । वैशाख १ देखि असार ११ सम्ममा पहिरोका ९२ घटना भएको र त्यसमा परि १२ जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन्। पहिरोमा परि १५ जना घाइते हुँदा ४० चौपायाको मृत्यु भएको छ। प्राधिकरणका अनुसार पहिरोका कारण १८ लाख ४७ हजार रुपैयाँको अनुमानित क्षति भएको छ।
त्यस्तै सोही अवधिमा बाढीका ३९ घटना भएको र १३ जनाको मृत्यु भएको छ भने २३ जना वेपत्ता भएका छन्। बाढीका कारण ६ जना घाइते हुँदा ११ चौपायाको मृत्यु भएको छ। अविरल वर्षका कारण ३ जनाले ज्यान गुमाउँदा १ जना घाइते भएका छन्। त्यस्तै देशभर सोही अवधिमा चट्याङका ११२ घटना भएका थिए। जसमा परि २५ जनाको मृत्यु हुँदा १ सय जना घाइते भएका छन् भने ५९ चौपायको मृत्यु भएको छ।
सर्पदंशका पाँच घटना हुँदा ५ जनाले ज्यान गुमाएका छन् भने एक जना घाइते भएका छन्। त्यस्तै वैशाखयता आगलागीका ४ सय २५ घटना भएका प्राधिकरणले जनाएको छ जसका कारण ११ जनाले ज्यान गुमाउँदा ५६ जना घाइते भएका छन् । त्यस्तै डढेलोमा परि ३ जनाले ज्यान गुमाउँदा १ जना घाइते भएका छन्।
असार ११ गतेसम्मको अवधिमा हावाहुरीका ३० घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना वेपत्ता र ४ जना घाइते भएका छन्। सोही अवधिमा जनावरको आक्रमणमा परि ११ जनाको मृत्यु हुँदा ३९ जना घाइते भएका छन् भने १२ चौपायको ज्यान गएको छ। प्राधिकरणका अनुसार सो अवधिमा विपद्का ८७३ घटना हुँदा ८४ जनाको मृत्यु भएको छ भने २५ जना वेपत्ता भएका छन्। २२३ जना घाइते हुँदा ४०८ चौपायाको मृत्यु भएको छ।
प्राधिकरणका अनुसार विपद्का घटनाका कारण ४२ करोड ९८ लाख ९४ हजार १ सय ९० रुपैयाँको अनुमानित क्षति भएको छ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस