अंशवण्डाको विवादमा छोराले गरे बुवाको हत्या
अंशवण्डाको विवादमा धनुषामा आफ्नै छोराले बुवाको हत्या गरेका छन् । प्रहरीका अनुसार धनुषाधाम नगरपालिका वडा नम्बर १ स्थित काशिपुरका ७० वर्षीय विशो यादवको उनकै छोरा कृष्ण यादवले हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी प्रकाश रानाभाटका अनुसार अंशवण्डाको विषयमा विवाद हुँदा कान्छो छोरा कृष्णले ओखलको बिँड प्रहार गरी बुवाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले अहिले बुवाको हत्या आरोपमा कृष्णलाई पक्राउ गरेर थप अनुसनधान गरिरहेको बताएको छ । मृतकको टाउकोमा दुई इञ्च घाउ देखिनुका साथै घाँटी समेत थिचिएको उनले बताइ । मृतक यादवको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस