• जीवनशैली | Jiwanshaili
  • चितुवाको छालासहित दुई जना पक्राउ


    काठमाडौँ– प्रहरीले चितुवाको छालासहित स्वयम्भूबाट दुई जनालाई पक्राउ गरेको छ।

    महानगरीय अपराध महाशाखाको टोलीले चितुवाको छालासहित सिन्धुलीको मरिन गाउँपालिका –३ घर भई हाल स्वयम्भू बस्ने ३२ वर्षीय सुशीलकुमार वाईबा र घ्याङखेल गाउँपालिका–१ घर भई हाल स्वयम्भू नै बस्ने ३४ वर्षीय कान्छाराम वाइबालाई पक्राउ गरेको हो ।

    उनीहरुको साथबाट १ थान चितुवाको छाला बरामद भएको प्रहरीले जनाएको छ ।

    महाशाखाका सूचनाअधिकृत कृष्णप्रसाद कोइरालाका अनुसार उनीहरुले चितुवाको छाला ६ लाख रुपैयाँमा बिक्री वितरण गर्न लागेको अवस्थामा पक्राउ गरिएको हो।

    messenger sharing button

    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार