जेसिबी चालकबाट वडाध्यक्षको हत्या
सर्लाहीमा जेसिबी चालकले एक वडाध्यक्षको हत्या गरेका छन्। ईश्वरपुर नगरपालिका ३ का वडाध्यक्ष ५५ वर्षीय सुर्यकुमार श्रेष्ठलाई जेसिबीको बकेटले हानेर चालक रबिन भनिने हर्कबहादुर तामाङले हत्या गरेका हुन्।
हत्या आरोपी हरिपुर नगरपालिका १ हजारविघा बस्ने ३८ वर्षीय चालक तामाङ र जेसिबी ठेकेदार ईश्वरपुर नगरपालिका ३ कै ३५ वर्षीय प्रेमराज दाहाललाई पक्राउ गरिएको सर्लाहीका एसपी सन्तोष सिंह राठोरले जानकारी दिए। उनले घटना विषयमा अनुसन्धान भइरहेको बताए।
खानपिनकै क्रममा विवाद भएर चालकले जेसिबी स्टार्ट गरी बकेटले वडाध्यक्षको टाउकोमा प्रहरी गरि हत्या गरेपछि खाल्डोमा हालेको बताइएको छ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस