• जीवनशैली | Jiwanshaili
  • घरमै सुत्केरी गराउँदा महिलाको मृत्यु


    डोल्पा । डोल्पाको ठूलीभेरी नगरपालिका–६ दुरगाउँमा एक सुत्केरीको मृत्यु भएको छ।

    घरमै सुत्केरी भएकी २४ वर्षीया आतमाया विकको अत्यधिक रक्तश्रावका कारण शनिबार बिहान मृत्यु भएको हो। उनको छोरा जन्मिने बित्तिकै मृत्यु भएको स्थानीय लक्ष्मीचन्द्र कार्कीले जानकारी दिए। बच्चाको स्वास्थ्य अवस्था राम्रो रहेको बताइएको छ।

    सदरमुकाम दुनैबाट पैदल पाँच घण्टा दूरीमा दुरगाउँ छ। अघिल्लो वर्ष पनि यही ठाउँमा एक सुत्केरीको मृत्यु भएको थियो। त्यहाँका अधिकांश गर्भवतीहरुलृे गर्भजाँच गराउन नपाएको गुनासो गरेका छन् ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार