कक्षा ११ र १२ को रजिष्ट्रेशन र परीक्षा फारम बुझाउने म्याद थप
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ रजिष्ट्रेशन र परीक्षा फारम बुझाउने मिति थप गरेको छ ।
कक्षा ११ र १२ को नियमित, आंशिक तथा ग्रेडवृद्धि परीक्षाको परीक्षा आवेदन फारम तथा शैक्षिक सत्र २०७७/७८ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको रजिष्ट्रेशन फाराम बुझाउने मिति थप गरेको हो ।
यसअघि बोर्डले चैत मसान्तसम्म फाराम भर्न समय तोकेको थियो । चैतभित्र फाराम बुझाउन नपाएकाहरूले असार २० गतेसम्म दोब्बर शुल्क तिरेर परीक्षा र रजिष्ट्रेशन फारम बुझाउन सक्नेछन् ।
परीक्षा आवेदन फारमका लागि १२ सय रुपैयाँ र रजिष्ट्रेशन फारामका लागि ८ सय रुपैयाँ तोकिएको राष्ट्रिय परीक्षा बोर्डद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस